श्रावण २, २०८१ बुधबार July 17, 2024

प्रतिनिधि सभाको बैठक बस्दै

यस्तो छ सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ। प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो।

आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया