श्रावण २, २०८१ बुधबार July 17, 2024

संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शुन्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरे पछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया