जेठ ९, २०८२ शुक्रबार May 23, 2025

गण्डकी प्रदेशका ऊर्जामन्त्री देवकाेटा सांसदबाट पदमुक्त

अब पाण्डेले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा बहुमत ३० भए पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसदबाट पदमुक्त हुनुभएको छ । प्रदेश सभाको आज बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचनामार्फत जानकारी दिनुभयो ।

नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित हुनुभएको थियो ।

माओवादी संसदीय दलको ‘ह्विप’ उल्लङ्घन गर्दै यही जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्ट ऊर्जामन्त्री बन्नुभएको थियो । तर माओवादीले ह्विप उल्लङ्घनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएपछि उहाँको सांसदसँगै मन्त्री पद पनि गएको छ । देवकोटा सर्वोच्च अदालत जाने तयारीमा हुनुहुन्छ ।

देवकोटाको निलम्बनले गण्डकी प्रदेश सभामा ५९ जना सांसद सङ्ख्या कायम भएको छ । अब पाण्डेले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा बहुमत ३० भए पुग्नेछ । अहिलेको समीकरणका सबैले मत दिएमा मुख्यमन्त्री पाण्डेलाई बहुमत पुग्ने अवस्था देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया