श्रावण ४, २०८२ आइतबार July 20, 2025

टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : जारी टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।

एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।

त्यस्तै अमेरिका भने यस विश्वकपको ‘सरप्राइज’ टिम बनेर अगाडी आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटकखेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार