श्रावण ४, २०८२ आइतबार July 20, 2025

दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु

विजेता टिमले नगद ५० हजार, कप, पदक प्रमाणपत्र र उपविजेता टिमले नगद २५ हजार, पदक, प्रमाणपत्र हात पार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोराही, असार ५ गते । दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । दाङ जिल्ला फुटबल सङ्घको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा बुधवारदेखि तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बेलझुण्डी रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा बडहरा फुटबल क्लब घोराही विजयी भएको छ । बडहरा फुटबल क्लब घोराही र युनाइटेड फुटबल क्लब तुलसीपुरबिच भएको उद्घाटन खेलमा ४–१ गोल अन्तरले युनाइटेडलाई हराउँदै बडहरा फुटबल क्लव विजयी भएको थियो । खेलको ३५ औं मिनेटमा गोल खाएर १–० ले पछि परेको अवस्थामा कमव्याक जित निकाल्दै प्रतियोगितामा बडहराले विजयी सुरुवात गरेको हो । खेलको ४० औं मिनेटमा बडहराका खेलाडी कपिल बुढाले १ गोल गर्दै खेल बराबरीमा लग्नुभएको थियो ।

पहिलो हाफमा १–१ गोल गरेर बराबरी खेलेपनि दोस्रो हाफमा बडहराले थप ३ गोल गर्दै जारी प्रतियोगितामा जित निकाल्न सफल भएको हो । दोस्रो हाफमा बडहराको जितका लागि खेलाडी बिजेन्द्र घर्ती (राते)ले २ र कपिलले थप १ गोल गर्न सफल हुनुभएको थियो ।

असारको १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी छन् । लिग कम नकाउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योति फुटबल क्लब तुलसीपुर छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाइगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल सङ्घका अध्यक्ष संजात धितालले जानकारी दिनुभएको छ । समूह ‘ए’ र समूह ‘बी’ का बिजेता, उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेता टिमले नगद ५० हजार, कप, पदक प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद २५ हजार, पदक, प्रमाणपत्र हात पार्नेछ ।गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार