श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोपा अमेरिका फुटबल भोलि बिहानदेखि शुरु हुदै, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुदै छ ।

कोपा अमेरिकाको ४८औं संस्करणको उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।

अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिदै छन् । जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा. अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

१६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा समुह ए मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समुह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् ।

त्यस्तै समुह सी मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहेका छन् भने समुह डी मा ब्राजिल कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

समुह चरणको खेलपछि हरेक समुहका शिर्ष दुई देश क्वाटरफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनमा रहेको हार्ड रक स्टेडियममा जुलाई १४ मा हुने छ ।

कोपा अमेरिकाको यो ४८औं संस्करण हो । अहिलेसम्म सबैभन्दा बढी १५ पटक अर्जेन्टिना र उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेका छन् । अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो । त्यस्तै ब्राजिलले ९ पटक कोपा अमेरिका जितेको छ भने पाराग्वे, चिली र पेरुले २-२ पटक यो उपाधि जितेका छन् । त्यस्तै बोलिभिया र कोलम्बियाले एक एक पटक यो उपाधि जितेका छन् । मेक्सिको २ पटक फाइनलमा पुगेपनि उपविजेता मै चित्त बुझाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार