श्रावण ४, २०८२ आइतबार July 20, 2025

विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित

अफगानिस्तानले भोलि नै अष्ट्रेलियाको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर-८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ । बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो अन्तरले जित हात पारेको हो।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १३० रनमै समेटियो। अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले २० बलमा सर्वाधिक २६ रन बनाए । नजिबुल्लाह जाद्रानले १९ तथा गुलबदिन नैबले १७ रन जोडे। नूर अहमदले १२ तथा रहमनुल्लाह गुर्बाजले ११ रन बनाए।

भारतका लागि अर्शदिप सिंह र जस्प्रित बुम्राहले समान ३-३ विकेट लिए। कुलदीप यादवले २ विकेट तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रन बनाए। हार्दिक पन्ड्याले ३२ रन बनाउँदा विराट कोहलीले २४ रन जोडेका थिए।

ऋषभ पन्तले २०, अक्षर पटेलले १२ तथा शिवम दुबेले १० रन बनाए। अफगानिस्तानका फजलहक फरुकी र राशिद खानले ३-३ तथा नभिन उल हकले १ विकेट लिए।

भारतले आफ्नो सुपर- ८ चरणको दोस्रो खेलमा भोलि शनिबार बंगलादेश विरुद्ध खेल्नेछ भने अफगानिस्तानले भोलि नै अष्ट्रेलियाको सामना गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार