श्रावण ४, २०८२ आइतबार July 20, 2025

टी-२० विश्वकप : आज ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै

आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जारी आइसीस टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदै छ। एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६; १५ बजेदेखि शुरु हुँदै छ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो। त्यस्तै बंगलादेशले भने समुह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो। सेमिफाइनलको दौडका लागि सुपर आठको समुह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ।

अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

यस विश्वकपको सुपर आठको खेलमा ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ।

ईङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन्। जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया