श्रावण ४, २०८२ आइतबार July 20, 2025

टी-२० विश्वकपको सुपर आठमा आज दुई खेल हुँदै

दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : जारी टी- २० विश्वकप अन्तर्गत आज सुपर आठका दुई खेल हुदै छन् । आज पहिलो खेल अफगानिस्तान र अस्ट्रेलियाबीच हुदै छ ।

सेन्ट भिन्सेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा अफगानिस्तानले आफ्नो पहिलो खेलमा भारतसँग हार बेहोरेको छ भने अस्ट्रेलियाले बंगलादेशमाथि जित हासिल गरेको छ । अफगानिस्तान र अस्ट्रेलियाबीच अहिलेसम्म एक टी -२० खेल भएको छ, जुन अस्ट्रेलियाले जितेको छ ।

त्यस्तै आज दोस्रो खेल इङल्याण्ड र अमेरिकाबीच हुदै छ । बारबाडोसस्थित केनसिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

सुपर आठमा दुवै देशको यो अन्तिम खेल हो । इङल्याण्डले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने अमेरिकाले दुवै खेलमा हार बेहोरेको छ ।

सेमिफाइनलमा पुग्न आज इङल्याण्डका लागि अमेरिकालाई पराजित गर्नै पर्ने र अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै वेस्ट इन्डिजले जितेमा भने रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने देशको तय हुने छ । त्यस्तै अमेरिकाले भने कम्तिमा ८० रनको अन्तरमा इङल्याण्डलाई पराजित गरेमा तथा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई कम्तिमा ६७ रन अन्तरले पराजित गरेमा मात्र सेमिफाइनलमा पुग्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार