श्रावण ४, २०८२ आइतबार July 20, 2025

युरोकप : जर्मनी र स्वीजरल्याण्ड नकआउट चरणमा

३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्।

गएराती सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औं मिनेटमा डान एन्डोएले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अंकसहित समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ।

त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ र समूहमा तेस्रो भएको छ। हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ। सबै ६ समूहका तेस्रो स्थानमा रहने शिर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुंगो भने समुह चरणका सबै खेल पछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अंक हासिल गरेको स्कटल्याण्ड भने युरोकपबाट बाहिरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार