चैत्र ११, २०८१ सोमबार March 24, 2025

छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी

सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन्।

सोमबार काठमाडौंको माइतीघर पुगेर सहकारी पीडितको आन्दोलनलाई समर्थन जनाउँदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने बताएका हुन्।

उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरु रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने दाबी गरे।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे। सहकारीबाट बचत रकमफिर्ताका लािग निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए।
सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले माइतीघरमा निरन्तर प्रदर्शन गरिरहेका छन्। सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया