श्रावण ३, २०८२ शनिबार July 19, 2025

क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने

संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ।

क्यानको बिहीबार बसेको बैठकले संघप्रति आधारहीन र नकारात्मक सन्देश फैल्याएको भन्दै स्पष्टीकरण सोध्न लागेको हो। उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्यद्वय माधवकुमार कर्माचार्य र दूर्गाराज पाठकसँगै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने भएको हो।

क्यानले आफ्नो निर्णयमा भनेको छ-

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरुलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक संजालहरुमा संघका पदाधिकारी, सदस्य, संघसँग आवद्ध प्रदेश तथा जिल्ला संघका पदाधिकारीहरुले संघको निर्णय विपरीत हुँदै नभएको आधारहिन कुराहरुको अन्तर्वार्ता एवंम भ्रामक प्रचार गरी समाजिक संजालमा समेत सेयर गरेको पाईएको र जसले गर्दा समग्र नेपाली क्रिकेटको सफलताका लागि एकजुट भएको अवस्थामा पनि संघसँग सम्वन्धित व्यक्तिहरुको विवादास्पद अभिव्यक्तिले गर्दा संघप्रति नकारात्मक सन्देश गएको यस संघले महशुस गरेकोले त्यस्ता कार्यमा संलग्न तपसिल बमोजिमका व्यक्तिहरुलाई संघको विधान बमोजिम स्पष्टिकरण सोधि आवश्यक प्रकृया अगाडी बढाउने निर्णय पारित गरियो ।

१. रोशन कुमार सिंह- केन्द्रीय उपाध्यक्ष

२. माधव कुमार कर्माचार्य- केन्द्रीय सदस्य

३. दुर्गाराज पाठक- केन्द्रीय सदस्य

४. चेतनाथ पौडेल- अध्यक्ष, सुनसरी जिल्ला क्रिकेट संघ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार