श्रावण २, २०८१ बुधबार July 17, 2024

पर्वतमा पहिरो खस्दा दुईजना घरभित्रै पुरिए

स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षाका कारण कठिनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत। पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिराले घरसहित दुईजना पुरिएका छन्।

स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुरिँदा उहाँका ४० वर्षीय छोरा झलक शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३२ वर्षीय तुलसीराम पौडेल पुरिएका हुन्। स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरे पनि वर्षा नरोकिएका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

उक्त स्थानमा थप पहिरो आउने जोखिम रहेकाले थप मानवीय क्षति हुन नदिन उद्धारकर्ताको सुरक्षालाई ध्यानमा राखेरका काम अगाडि नबढेको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिए।

पहिरामा पाध्याका दुईवटा भैँसी, एउटा गोरु र चार बाख्रा पनि पुरिएका छन्। गोठमा पहिरो आउनसक्ने सम्भावना देखेर चौपाया निकाल्न गएकै बेला पहिरो आएकाले उद्धार गर्न नसकिएको वडाध्यक्ष पाध्याले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया