काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको सांसद मनिष झाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने, विभिन्न विधेयक तयारीका विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने कार्यसूची छ । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि दाहाल सरकार अल्पमतमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया