काठमाडौँः समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने–‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्ने बताए ’ उनीले भने –पार्टी निर्माणको यो अभिन्न अंग हो ।
विशिष्ठ अथिति पार्टीका केन्द्रीय अध्यक्ष मा. अशोककुमार राईले भने – उपेन्द्रजी को एकाकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसक्ने बताए । पार्टीको महाधिवेशनमा आफू निकट केही सख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
पार्टीका महासचिव मो. ईश्तिहाक राईले भने – उपेन्द्रसँग भएको म एक्लो यस्तो व्यक्ति थिए । जो १८ बर्ष देखि काम गर्दै आएको थिए । पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाए , विभिन्न आन्दोलनमा पटक-पटक जेल भयो ।
श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको इतिहास रहेको अव श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए । उनले भने- ‘उहाँ चै आफू भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसक्ने । उहाँले बाबुराम जीलाई भगाउनु भयो । महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोक जी, राजेन्द्रजीहरुलाई पनि छोड्न बाध्य पार्नु भयो ।’
समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति थियो ।न्यूजकारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया