जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

सहमति अनुसार ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ – लेखक

संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै बन्ने स्पष्ट गरेका छन् ।

शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै लेखकले अब संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन् ।

उनले भने- ‘राष्ट्रिय सहमतिको सरकारका निमित्त कांग्रेस र एमालेबीच सहमति भएको छ । त्यो सरकार नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बन्ने सरकार हो । त्यो सरकार एमाले अध्यक्ष केपी ओलीजीको नेतृत्वमा बन्छ ।’

लेखकले संसदीय दलको बैठकले कांग्रेस–एमालेबीच भएको सहमतिलाई स्वीकार गर्दै कार्यान्वयन गर्न प्रतिबद्धत जनाउने निर्णय गरेको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया