श्रावण ३, २०८२ शनिबार July 19, 2025

टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टर्कीलाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। बर्लिनमा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २-१ को गोल अन्तरले हराउँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो।

टर्कीले खेलको ३५औं मिनेटमा खेलमा अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा अकायदिनले हेडमार्फत गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा हेडमार्फत गोल गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए।

७६औं मिनेटमा फेरी अर्को गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लियो। डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो। सोही गोल नै जितका लागि पर्याप्त भयो।

नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ। इङ्ल्यान्डले शनिबार राति स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार