माघ २८, २०८१ सोमबार February 10, 2025

नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ : महेश बर्तौला

संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउँदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको जिकिर गरेका छन्।

उनले भने-‘नयाँ सरकार कसरी बन्छ भन्नेबारेमा माननीयज्यूहरुले आ आफ्ना दलिल पेश गर्नुभयो । म सुन्दैछु, बालुवाटारमा केही कानून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ। तर, सत्य के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन।’

सांसद बर्तौलाले एमालेका मन्त्रीहरुले राजीनामा दिन बालुवाटार जादा प्रधानमन्त्री प्रचण्डले गाएको गीत गाएको प्रसंग उल्लेख गर्दै भने-‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले- कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु भन्दै भने- तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र?’।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलाको एक लाख ६९ हजार ६ सय पुग्यो
२०८१ माघ २८, सोमबार
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार