बैसाख १३, २०८२ शनिबार April 26, 2025

अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा

समितिले स्थलगत अध्ययनका साथै पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ ।

२०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन गरेको थियो । समितिले निर्माणका फाइलहरू अध्ययन गर्ने र स्थलगत अध्ययन गर्ने क्रममा पोखरा पुगेको छ ।

समितिले स्थलगत अध्ययनका साथै पोखरामा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्ने बताइएको छ ।

संसदीय उपसमितिमा संयोजक लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार