चैत्र १३, २०८१ बुधबार March 26, 2025

आजको मौसम : मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

कोशी,बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ।

हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया