चैत्र १३, २०८१ बुधबार March 26, 2025

देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : डा. महत

वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताएका छन् । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए । उनले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको जिकिर गरे ।

सांसद महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको बताए ।

‘‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठुला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ। ’ सांसद महतले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार