काठमाण्डौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा प्रधानमन्त्रीको पक्ष वा विपक्षमा मत दिने भन्ने विषयमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
सरकारमा रहेका नेकपा (एमाले) लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिने तयारी गरेका छन्।
मुलुकलाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधि सभामा १४ सिट रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया