जनकपुरधाम । मधेस प्रदेश सभाको बैठकले आर्थिक विधेयक २०८१ सर्वसम्मतले पारित गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री सतिकुमार सिंहले पेश गरेको आर्थिक विधेयक २०८१ प्रदेशसभाको आज बसेको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा छलफलको क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले निरन्तरता दिएको बताउँदै करको दरमा कुनै प्रकारले परिवर्तन नगरिएको जानकारी दिनुभयो ।
अर्थमन्त्रीको कार्यभार समेत सम्हाल्नुभएका मुख्यमन्त्री सिंहले कृषि क्षेत्रको विकास गरी मधेसको आम्दानी बढाएर मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ प्रदेश सरकार गम्भीर भएको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया