श्रावण ३, २०८२ शनिबार July 19, 2025

युरो कपको उपाधि स्पेनले जित्यो

स्पेनले जित्यो युरो कपको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।

स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो । स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो। तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार