श्रावण ३, २०८२ शनिबार July 19, 2025

एन्फाले भदौ १६ देखी महिला लिगको आयोजना गर्ने

भदौमा महिला लिग खेलाउने तयारी गर्दै एन्फा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौमा महिला लिग २०२४ आयोजना गर्ने निर्णय गरेको छ।

एन्फाको आज बसेको भर्चुअल बैठकले आगामी भदौ १६ गतेदेखि उक्त लिग गर्ने निर्णय गरेको हो। एन्फाले प्रतियोगिता गर्ने स्थानको भने टुंगो लगाइसकेको छैन।

प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, संकटा, बागमती युवा क्लब, वालिङ र चन्द्रपुर नगरपालिका, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ। एन्फाले महिला लिगको तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ।

एन्फाको आज बसेको भर्चुअल बैठकले महिला लिगको सन् २०२४ देखि २०२६ सम्मका लागि ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गरेको हो।

एन्फाले सन् २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ, सन् २०२५ छनोटका लागि ८१ लाख ७३ हजार ५७१ रुपैयाँ, महिला लिग २०२५ का लागि २ करोड ५२ लाख ७२ लाख ७ लाख ९५ रुपैयाँ, महिला लिग २०२६ छनोटका लागि ९१ लाख ९३ हजार २१४ रुपैयाँ र महिला लिग २०२६ का लागि २ करोड ५६ लाख ५५ हजार २९५ रुपैयाँ छुट्याएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार