श्रावण ३, २०८२ शनिबार July 19, 2025

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी-२० सिरिज र २ अगस्त देखि एक दिवसीय सिरिज खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।

बोर्डले टी-२० सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय सिरिजका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजा जस्ता स्टार खेलाडीहरुले टी- २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । हालै जिम्बाबेविरुद्ध शतक बनाएका अभिषेक शर्मालाई भने टिममा सामेल गरिएको छैन ।

टी-२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् ।

त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् ।

भारतले श्रीलंकासँग श्रीलंकामा २७ जुलाई देखि टी-२० सिरिज र २ अगस्त देखि एक दिवसीय सिरिज खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित
२०८२ श्रावण ३, शनिबार
‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौं’ – खानेपानीमन्त्री यादव
२०८२ श्रावण ३, शनिबार
त्रिभुवन आर्मी क्लबका खेलाडी डुरान्ड कपमा सहभागी हुन भारत प्रस्थान
२०८२ श्रावण ३, शनिबार
सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा
२०८२ श्रावण ३, शनिबार
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार