श्रावण ३, २०८२ शनिबार July 19, 2025

बुद्धिचाल प्रतियोगितामा घिमिरे च्याम्पियन

कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की। पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन्। यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो।

अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे)को १०० औँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जिते। हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अंक प्राप्त गरेका थिए। कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए। विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी यु–१६ तर्फ संगम सिम्खडा, यु–१४ तर्फ संकल्प श्रेष्ठ र यु–१० तर्फ प्रशंसा भण्डारीले उपाधि जिते। प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाइन्।

विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा प्राप्त गर्ने अंक अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ। अर्थात् खेलाडीले प्राप्त गरेको अंक विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित
२०८२ श्रावण ३, शनिबार
‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौं’ – खानेपानीमन्त्री यादव
२०८२ श्रावण ३, शनिबार
त्रिभुवन आर्मी क्लबका खेलाडी डुरान्ड कपमा सहभागी हुन भारत प्रस्थान
२०८२ श्रावण ३, शनिबार
सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा
२०८२ श्रावण ३, शनिबार
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार