माघ २८, २०८१ सोमबार February 10, 2025

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल  छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए । यसैगरी सो अवधिमा  गैँडा २१ मरेका छन्  । ती मध्ये १८  प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँच वटा हात्ती र जरायो चार वटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुई वटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुई वटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए ।  मृतावस्थामा भेटिएका जनावरमध्ये ७०  जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुई वटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११–११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । चित्तल छवटा, गैँडा तीन वटा, जरायो, बँदेल र चितुवा दुई–दुई वटा, सुन कछुवा र घडियाल गोही एक–एक वटाको उद्धार गरिएको छ । अन्य जनावर नौ वटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार