बैसाख १३, २०८२ शनिबार April 26, 2025

नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता

आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ साउनः नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिचरण साहले बताउनुभयो ।

उहाँका अनुसार महाधिवेशनमा सातै प्रदेश र जिल्लाबाट प्रतिनिधि छनोट भई आउनेछन् । यसका लागि साउनभित्र प्रतिनिधि छनोट गरिने छ । महाधिवेशनमा दलको नीति, सिद्धान्त, विचार, विधान र समसामयिक राजनीतिक आर्थिक, सामाजिकलगायत विषयमा गहन छलफल र बहस गरी परिमार्जनसहित पार्टीको नीति तय हुने अध्यक्ष साहले बताउनुभयो ।

मुलुकमा बारम्बार सरकार परिवर्तन हुने घटनाले राजनीतिक अस्थिरता देखिएको भन्दै नेपाली जनता दलले यसबाट आर्थिक समृद्धि, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा अवरोध उत्पन्न हुने दाबी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाएर उच्च आर्थिक वृद्धिदर हासिल गर्ने आवश्यक नीति अख्तियार गरिनुपर्नेमा सो दलको जोड छ । पुँजीगत बजेट खर्च बढ्न नसकेको, पूर्वाधार निर्माणको भुक्तानी दिन कठिनाइ भइरहेको अवस्थामा आन्तरिक उत्पादन वृद्धि गरी निर्यात बढाएर आयात कम गर्नेतर्फ सरकारले ध्यान दिन जरुरी भएको औँल्याइएको छ ।

“कृषि क्षेत्रमा हामीले राम्रो उत्पादन गर्ने सम्भावना हुँदाहुँदै उचित नीतिको अभावले तराई मधेसका धेरैजसो भूमि बाँझो रहने गरेको छ । युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिँदा कृषिलगायत सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । नेपालका सबै तराई मधेस र भित्री मधेसका जिल्लाहरूका कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन बढाउन सकिने अपार सम्भावना छ । यसबाट एकातिर देश खाद्यान्नमा आत्मनिर्भर बनाउन, नयाँ रोजगारीको क्षेत्र सिर्जना गर्न र अर्कातिर निर्यात बढाउन सकिने सम्भावना छ”, सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष साहले कृषि उत्पादन बढाउन ‘इस्ट वेष्ट मेगा वाटर म्यानेजमेन्ट मल्टिपर्पोज प्रोजेक्ट’को अवधारणा अगाडि बढाउन सरकारसमक्ष माग गर्नुभयो ।

सरकारले पूर्व–पश्चिम चुरे क्षेत्रमा नदी जडान बृहत् सिँचाइ आयोजना अगाडि बढाएर सबै कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न, तराई मधेस र चुरे क्षेत्रमा पानीको पुनःभरण गराई भित्री मधेस तथा मधेस क्षेत्रमा उर्वरभूमि बचाउन, पर्यावरण र जैविक विविधतालाई जोगाउनेतर्फ ध्यान दिन नेपाली जनता दलले अनुरोध गरेको छ ।

नेपाली जनता दलले मुलुकमा देखिएका सबै प्रकारका समस्या सम्बोधन गर्न संविधान संशोधन गरी सबैलाई स्वीकार्य हुने संविधान बनाउन माग गरेको छ । सो पार्टीका अध्यक्ष साहले संविधान संशोधन सर्वस्वीकार्य बनाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीको स्थापना गर्न माग गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचन प्रणाली अति खर्चिलो र दलहरूका नेताको खल्तीबाट टिकट बाँड्ने विकृतिमा परिणत भएकाले सबै वर्गका जनताका अभिमतको कदर गर्न संविधान संशोधन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय प्रतिनिधिसभा र प्रदेशसभाको सिटसङ्ख्या बढी भएको जनगुनासो सुनिँदै आएकाले नेपाली जनता दलले प्रतिनिधिसभामा एक सय ६५ सिट र सबै प्रदेशसभामा दुई सय ३० सिट मात्र सङ्ख्या राख्न सुझाव दिएको छ ।

सङ्घमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने संवैधानिक व्यवस्था गरी राजनीतिक स्थिरता, विकास निर्माण, सुशासन कायम गरिनुपर्ने पार्टीको ठहर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार