श्रावण ४, २०८२ आइतबार July 20, 2025

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

अर्थतन्त्र दबाबमा रहेका कारण यो वर्षको मौद्रिक नीति कस्तो आउला भन्नेमा सर्वत्र चासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा भागवत आचार्यले जानकारी दिए।

राष्ट्र बैंकले अघिल्लो वर्ष साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो। यो वर्ष पनि साउन ४ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले अध्ययन गर्ने भनेपछि रोकिएको थियो।

अर्थतन्त्र दबाबमा रहेका कारण यो वर्षको मौद्रिक नीति कस्तो आउला भन्नेमा सर्वत्र चासो छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने र अर्थमन्त्री विष्णु पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार