श्रावण ४, २०८२ आइतबार July 20, 2025

गण्डकीमा आउने विदेशी पर्यटक बारे अध्ययन: औसत बसाई घट्यो, समस्या समाधान गर्न ध्यानाकर्षण

दक्षिण अमेरिकी महादेशबाट गण्डकीमा आउने पर्यटकहरु सबैभन्दा बढी १९ दिन बस्ने गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको बसाइ छोटिएको छ । राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको अध्ययनले गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकको बसाइ अवधि घटेको देखाएको हो ।

नेपाल आउने विदेशी पर्यटकको औसत बसाइ २२ दिन रहे पनि गण्डकी प्रदेश घुम्ने पर्यटकको बसाइँ घटेर १२ दिनमा झरेको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिण अमेरिकी महादेशबाट गण्डकीमा आउने पर्यटकहरु सबैभन्दा बढी १९ दिन बस्ने र सबैभन्दा कम एशियाबाट आउने ९ दिन बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकको बसाइ घट्नुमा पदमार्गहरूमा सडक विस्तार, सुरक्षाको अनुभुति नहुनु, प्रभावकारी सूचना प्रणाली अभावलगायत समस्या औँल्याइएको छ । प्रतिवेदनमा प्रदेश भ्रमण गर्ने पर्यटकको औसत दैनिक खर्च ८ हजार ३ सय ५५ रुपैयाँ रहेको उल्लेख छ ।

प्रतिवेदनले गण्डकीमा आउने ६२.७५ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला तथा ०.२५ प्रतिशत अन्य विदेशी पर्यटक रहेका छन् ।

विश्वका ४१ देशबाट गण्डकीमा पर्यटक आउने देखिएको छ भने सबैभन्दा बढी भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका रहेका छन् ।

प्रतिवेदनमा पर्यटकहरुले भाषागत समस्या, पर्यटन सूचनाको कमि, यातायातको समस्या, सुरक्षा समस्या जस्ता समस्या भोग्ने गरेको उल्लेख छ । त्यस्तै केहि पर्यटकले फोहोर, बढी भिसा लागत, इन्टरनेटको समस्या, पूर्वाधारको कमी जस्ता समस्या औल्याएको बताइएको छ ।

प्रतिवेदनले पर्यटकीय गतिविधि थप गर्नुका साथै पूर्वाधार विकास गरी बसाइ अवधि लम्ब्याउन सकिने सुझावसमेत दिएको छ । त्यस्तै सडकको अवस्था, स्थिर र सहज ट्याक्सी महसुल, फोहोर व्यवस्थापन, सहज र प्रभावकारी पर्यटन सूचना, भाषागत समस्या गुणस्तरीय होटल, सार्बजनिक शौचालय जस्ता समस्या तत्काल समाधान गर्न सुझाव दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार