काठमाडौं। आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४४ हजार ७ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया