काठमाण्डौंः सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तैगरी चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा आज १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया