भाद्र २३, २०८१ आइतबार September 8, 2024

राष्ट्रपति पौडेल समक्ष तीन प्रदेश प्रमुखले लिए शपथ

बागमती, लुम्बिनीका र कर्णाली प्रदेशका प्रमुखले लिए पद तथा गोपनियताको शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखमा नियुक्त बागमती प्रदेशका दीपक प्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ति मगर र कर्ण्लीका यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

तिनै जनालाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सभामुख लगातयत उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया