भाद्र २३, २०८१ आइतबार September 8, 2024

नाबालिका अपहरण गर्ने तीन पक्राउ

नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ का ५० वर्षीयको संजय पासवानले बालिकालाई कोही कसैलाई नसोधी, मन्जुरी नलिई उठाई लिई गएको हुँदा निजको खोजतलाश गरी पाउँ भन्ने समेत व्यहोराको हुलिया निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएकोले प्रहरीले उजुरीका अधारमा साउन बुधबार तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोरङ विराटनगर वडा न. ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं. ६ घर भई हाल विराटनगर वडा न. १० स्थितमा डेरा गरी बस्ने ५० कलानन्द पासवान र सोही ठाउँकी ४० सरिता पासवानलाई कानून बमोजिम पक्राउ गरीएको हो ।

तीनै जनालाई सुनसरी जिल्ला अदालतमा पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार हुलीया उजुरी आएको बुझ्दै जाँदा नाबालीकाको ठूलीआमा वैदेशिक रोजगारीको लागि विदेश जाने भनी काठमाडौ गएको र संजय पासवानले बालिकाको मामालाई फोन गरी “तेरो भान्जी मेरो कब्जामा छ, तेरो दिदीलाई बोला अनि मात्र म बच्चालाई लिएर आउँछु, होइन भने अरुलाई दिन्छु, भनी बताएको जानकारीसमेत प्राप्त भएकाले तत्सम्बन्धमा थप, खोज अनुसन्धानको लागि कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ-सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले खोजी कार्य गर्दै जाँदा बुधबार बिहानको ०६ः१५ बजेको समयमा मोरङ विराटनगर म.न.पा. वडा न. १० को कलानन्द पासवान र सरिता पासवानको डेरा कोठामा शंका लागी चेक जाँच गर्दा ती नाबालिकालाई बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार गरीएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता
२०८१ भाद्र २३, आइतबार
चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार
२०८१ भाद्र २३, आइतबार
युनाइटेड गाेल्डकप : चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर बिजयी
२०८१ भाद्र २३, आइतबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ भाद्र २३, आइतबार
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८१ भाद्र २३, आइतबार
एक करोड खर्चेर फोहर व्यवस्थापन
२०८१ भाद्र २३, आइतबार
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुने
२०८१ भाद्र २३, आइतबार