बैसाख १३, २०८२ शनिबार April 26, 2025

भलिबलमा नेपाललाई ऐतिहासिक सफलताः अध्यक्ष दाहाल

नेपाल भारतमाथि ३–२ को सेटमा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आज दशरथ रंगशालास्थित कभर्डहलमा भएको खेलमा नेपाल भारतमाथि ३–२ को सेटमा विजयी भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार