भाद्र २३, २०८१ आइतबार September 8, 2024

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ: विमलेन्द्र निधी

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन २० गते । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गर्नुभएको छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टि गर्ने तर्क गर्नुभयो ।

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना टाढासम्म नरहेको उहाँको भनाई थियो । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताउनु भयो । यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उहाँको छ ।

उहाँले दुई ठुला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता
२०८१ भाद्र २३, आइतबार
चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार
२०८१ भाद्र २३, आइतबार
युनाइटेड गाेल्डकप : चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर बिजयी
२०८१ भाद्र २३, आइतबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ भाद्र २३, आइतबार
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८१ भाद्र २३, आइतबार
एक करोड खर्चेर फोहर व्यवस्थापन
२०८१ भाद्र २३, आइतबार
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुने
२०८१ भाद्र २३, आइतबार