भाद्र २३, २०८१ आइतबार September 8, 2024

धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरो खस्दा ७ जना घाइते

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धादिङमा गुडिरहेको माइक्रो बसमाथि पहिरो खसेको छ । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरूको परिचय खुलिसकेको छैन । घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता
२०८१ भाद्र २३, आइतबार
चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार
२०८१ भाद्र २३, आइतबार
युनाइटेड गाेल्डकप : चाेरमारा युवाक्लवलाई ३-१ गाेलले हराउदै रड्स रामपुर बिजयी
२०८१ भाद्र २३, आइतबार
पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ भाद्र २३, आइतबार
देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८१ भाद्र २३, आइतबार
एक करोड खर्चेर फोहर व्यवस्थापन
२०८१ भाद्र २३, आइतबार
आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह हुने
२०८१ भाद्र २३, आइतबार