श्रावण ४, २०८२ आइतबार July 20, 2025

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णालीमा गत आर्थिक वर्ष २०८०-८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ । त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१ मेट्रिक टन भएको छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ ।

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर परेको छ । जौ ११ हजार पाँच सय ५६ कोदो १६ हजार तीन सय १० फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै, उवा एक हजार आठ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार छ सय ८१ मेट्रिक टन, कागुनो नौ सय ३६ र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया