काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक बस्ने भएको छ ।
आज बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले बताए ।
सचिवालयमा श्रेष्ठसहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपाका प्रवक्ता विश्वकर्मा र एकीकृत समाजवादीका नेता प्रमेश हमाल रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया