बैसाख ६, २०८२ शनिबार April 19, 2025

संविधान संशोधनका लागि सबै दललाई साथमा लिएर अघि बढ्छौं : सभापति देउवा

काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रप्रति प्रतिवद्ध काँग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई छ । ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताए ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमती भए आफूहरुले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताए । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरु अघि बढने पनि बताए ।

उनले भने, ‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमती भएको हो । केही कुराहरु छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यहि सहमती बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरुमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबीच सहमती भएको छ । यो दुई पार्टीबीचको सहमती कुनै पार्टीको खिलाफमा होइन । यो सहमतीमा अरु सबै पार्टीहरुलाई समेट्दै लैजाने हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार