असोज २, २०८१ बुधबार September 18, 2024

चार संसदीय समितिको बैठक बस्दै

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ५ गते । सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा  भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो १ः३० बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे बस्दै छ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारका विषयमा छलफल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया