जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले कर्मचारीको व्यवहारले नै सरकारको सफलता निर्भर रहने भएकाले ईमान्दारी पूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनु भएको हो ।
गृहमन्त्री लेखकले धनुषा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई अधिकृत संगम धनुषाको सभाकक्षमा आज निर्देशन दिनुहुँदै कर्मचारीले कार्यालयबाट हुने कार्य समयमा सम्पादन गरिदिन आग्रह गर्नुहुँदै नहुने विषयमा सेवाग्राहीलाई स्पष्ट जानकारी दिएको खण्डमा समस्याको तत्काल समाधान हुनुका साथै धेरै दिनसम्म झुल्ने प्रवृत्तिमा पनि कमी आउने बताउनु भयो ।
उहाँले कर्मचारीहरूको सेवाग्राहीसँग राम्रो व्यवहार गरेको खण्डमा सरकार, संविधान तथा व्यवस्थालाई नै सहयोग पुग्ने भएकाले तोकिएको समयमा ईमान्दारी पूर्वक विना लेनदेन गर्नका लागि निर्देशन दिनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान व्यवस्था र संविधानको विकल्प नभएको बताउनुहुँदै संविधानलाई समय सापेक्ष रुपमा परिमार्जन गर्दै वर्तमान सरकारले शान्ति, समृद्धि तथा स्थिरताका लागि नै दुई ठूला दलको सहकार्यमा सरकार बनेको बताउनु भयो ।
उहाँले कुनै प्रकारको अवाञ्छित तथा अनियमिततालाई सरकारले सहन नगर्ने बताउनुहुँदै दबाबमा नपरेर कानून अनुसारको कार्यसम्पादन गर्नका लागि कार्यालय प्रमुखहरूलाई निर्देशन दिनु भयो ।
गृहमन्त्री लेखकले जनतालाई केही परिवर्तन दिने गरि काम गर्न चाहेको बताउनुहुँदै सीमित श्रोत साधनका बीचमा प्रभावकारी काम गर्नका लागि सबै कर्मचारीहरूमा आग्रह गर्नुभयो । उक्त अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले गृहमन्त्रीबाट भएको निर्देशन अनुसार कार्य सम्पादन गर्नका लागि सबै कार्यालय प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
यसै गरि जनकपुरधाममा कमला नदिमा पुलको निर्माणको माग सहित भइरहेको आमरण अनसन तथा कमला पुलको विषयमा हुलाकी कार्यालयका कार्यालय प्रमुख तथा सुरक्षा अधिकारीहरूसँग छलफल गर्नु भएको छ । अजय कुमार झा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया