भाद्र ३१, २०८१ सोमबार September 16, 2024

माओवादीको उपत्यका विषेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरू

बैठकले पार्टीको आगामी कार्ययोजनाबारे केन्द्रीय नेतृत्वलाई सुझाव दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशको परामर्श बैठक शुरु भएको छ ।

उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरू भएको हो । बैठक भोलिसम्म चल्ने छ ।

यस बैठकले पार्टीको आगामी कार्ययोजनाबारे केन्द्रीय नेतृत्वलाई सुझाव दिने बताइएको छ ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक बस्नु अघि प्रदेश स्तरको परामर्श बैठक गर्ने निर्णय अनुसार अहिले परामर्श बैठक चलिरहेको हो । यस अघि माओवादी केन्द्रको बागमती प्रदेश स्तरको परामर्श बैठक सम्पन्न भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया