श्रावण ३, २०८२ शनिबार July 19, 2025

पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छुः नेता सिंह

पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ७ भदौः नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उहाँले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको हो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ ।

“पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,” उपप्रधानमन्त्री सिंहलाई उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।

फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राख्नुभएको छ ।

नेतृत्वमा कति कार्यकालसम्म निर्वाचन लड्न पाउने भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उहाँले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताउनुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार