जेठ ७, २०८२ बुधबार May 21, 2025

सीके राउतको संस्मरण ‘वैरागदेखि बचावसम्म’ सार्वजनिक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले गरे लोकार्पण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण भएको छ। आज राजधानीमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. राउतले लोकार्पण गरेका हुन्।

आत्मकथाले डा. राउतको जीवन संघर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको भट्टराईले बताए। उनले भने, ‘कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सीकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ। किताबमा सीकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौंदेखि गरेको फेहरिस्त समेटिएको छ।’

साथै डा. भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेष गरी युवापुस्ताले पढ्नुपर्ने बताए।

आफ्नो पुस्तक इतिहासको कालखण्डको एउटा तस्बिर भएको डा. राउतले बताए‍। पुस्तक कुनै समयमा प्रकाशन गरेपछि राज्यविप्लवको अभियोगमा जेल गएको संस्मरण उनले सुनाए।

उनले भने, ‘पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ। वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगें भन्ने रुचीकर कथा यस पुस्तकमा छन्।’

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा. राउतले बताए। समाज उन्नतिको लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उनले बताए।

जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका  डा. राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो। यसको पाठक मूल्य पातलो गाता ५९९ रुपैयाँ र मोटो गाता ७९९ रुपैयाँ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार