भाद्र ३१, २०८१ सोमबार September 16, 2024

रामेछापको दोरम्बा शैलुङ पहिरो अपडेट : एकै परिवारका ४ सहित ६ जनाको शव

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ ९ । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुष रहेका छन्। थापामगर शिक्षिका हुन्।

दोरम्बा पहिरो अपडेट :  छ जनाको मृत्यु, चार बेपत्तामृतक अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन्। पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन्।

भेटिएका थप ४ वटा शव उनीहरु मध्येकै हुनसक्ने अनुमान प्रहरीको छ। गएराति गएको पहिरोमा परी ४ जना अझै बेपत्ता छन्। अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेको छ। पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ। यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया