बैसाख १३, २०८२ शनिबार April 26, 2025

प्रमुख दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको उपेन्द्र यादवको दाबी

राजनीतिक स्थिरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातीक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला भनिएका दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको बताएका छन्।

आइतबार काठमाडौंमा जनतासंग जसपा नेपाल, अभियान्ता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थीरताका लागि एक अर्कालाई दोष थुपार्ने काम भएपनि ठूला भनिएका दलहरुकै कारण अस्थीरता पैदा भएको बताएका हुन्।

उनले राजनीतिक स्थिरताका लागि भन्दै संविधान संशोधनमार्फत समानुपातीक समावेशी हटाउन खोजिए स्वीकार्य नहुने चेतावनी दिए।अहिलेको प्रणालीलाई बलियो बनाउनका लागि पहिचान र सामथ्र्यका आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्ने, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने उनले बताए।

उनले ठूला दलहरुबाट अव मुलुकको अवस्था सुधार नहुने भएकाले आफुहरु बलियो भएर आउनुपर्नेमा जोड दिए। यसैका लागि जनतालाई संगठित गर्न चार महिने जनतासंग जसपा नेपाल, अभियान चलाएको उनले जानकारी दिए। सो अभियानपछि मुलुकलाई जोगाउनका लागि सडक संघर्षमा जानैपर्ने उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
२०८२ बैसाख १३, शनिबार
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
२०८२ बैसाख १३, शनिबार
सरकार सबै नागरिकको उज्यालो भविष्य सुनिश्चित गर्न लागि परेको छ : मन्त्री शाही
२०८२ बैसाख १३, शनिबार
“कांग्रेस–एमाले सहमतिको कार्यान्वयनमा धनराज गुरुङको जोड”
२०८२ बैसाख १३, शनिबार
शोषणविरुद्धको संघर्षलाई अन्तर्राष्ट्रिय अभियान बनाउने उपेन्द्र यादवको आह्वान
२०८२ बैसाख १३, शनिबार
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
२०८२ बैसाख १३, शनिबार
कलेजो बलियो बनाउन खानुहोस्, यी पाँच आयुर्बेदिक औषधी
२०८२ बैसाख १३, शनिबार