भाद्र ३१, २०८१ सोमबार September 16, 2024

जनमत पार्टीद्वारा बालगोविन्दलाई राष्ट्रिय सचिवमा मनोनित

मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गर्ने केन्द्रीय सचिवालयको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ९ भदौ : जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति प्रकाशित गरी नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेको जानकारी दिनुभयो ।

आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी उहाँहरूलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत हुनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया