भाद्र ३१, २०८१ सोमबार September 16, 2024

देश र जनताका लागि दुई ठूला दल मिल्नुको विकल्प छैन – डा. महत

पार्टीका सभापति शेरबहादुर देउवामा रहेको संयोजनकारी भूमिका अतुलनीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सैद्धान्तिक रुपमा दुई ठूला दल एकठाउँमा बस्न उपयुक्त नभए पनि देश र जनताका लागि मिल्नुको विकल्प नभएको बताएका छन्।

आज जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय बिपी भवनमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘पार्टीका सभापति शेरबहादुर देउवामा रहेको संयोजनकारी भूमिका अतुलनीय रहनुका साथै विषयवस्तुमा केन्द्रित भएर बोल्ने बानीका कारण पार्टीभित्र सैद्धान्तिक रुपमा कुनै विवाद नभएको र पार्टी ठीक ढंगले चलेको छ।’

नेता महतले दुई ठूला दलबीच भएको सात बुँदे समझदारीमा जनताको अधिकार कटौती गर्ने विषयमा कुनै सहमति नभई जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउने कुरा उल्लेख भएको बताए। मुलुकमा राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दलको सरकार बनेको उनको भनाइ छ।

पत्रकार भेटघाटमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेपाली कांग्रेस महोत्तरीका सभापति नागेन्द्र प्रसाद यादव, पुराना नेता शिवधारी यादव, जिउँदा सहिद भनेर चिनिने ललन चौधरी, नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झासहितका नेताहरूको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया